पुस ७
सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता टोलीलाई ७५ लाख नगदसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय फुटबल टिमलाई उक्त रकमसहित सम्मान गर्ने निर्णय गरेको हो।
मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० गोलले हराउँदै उपाधि हात पारेको हो। पहिलो पटक आयोजित उक्त प्रतियोगिताको उपाधि जितेर नेपालले इतिहाससमेत बनायो। एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिताको उपाधि नेपालले जितेको यो पहिलो पटक हो।
No comments:
Post a Comment