६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयकलाई कुनै हालतमा छलफलमा लैजान नदिने बताएका छन् । सरकारले चुनाव घोषणा गरे साथ दिने उनले बताए ।
बुधबार आफ्नै निवास बालकोटमा पूर्व सांसद मञ्च नेपालका प्रतिनिधीहरुसँगको भेटघाटमा एमाले अध्यक्ष ओलीले सरकार चुनाव नगराउने नियतबाट अघि बढेको आरोप लगाए । ‘वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने, ‘यो सरकार पराइको चाहनामा आफ्नो अधिकार र कर्तवय दुवै भुलिरहेको छ ।’
भेटमा पूर्व सांसदहरुले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर देशका समस्या समाधान गर्न सुझाव दिएका छन् ।
जवाफमा ओलीले आफूले विगतदेखि नै त्यो प्रयास गरेपनि कांग्रेसले दुई ठुला दल मिलेर अघि बढ्नु नुहुने नीति बनाएका कारण सम्भव नभएको बताए । ‘अहिले सरकार उहाँहरुले नै चलाए भयो’ ओलीले भने, ‘अहिले हामीलाई सरकारमा जान रुची छैन । सरकारमा भाग पनि चाहिएन । निर्वाचन घोषणा गर साथ हामी दिन्छौं भनेका छौं ।’
पूर्वसांसद मञ्चका अधयक्ष ओमकार प्रसाद श्रेष्ठले ओलीलाई अडानबाट पछि नहटी संविधान संसोधनलाई विफल बनाउन आग्रह गरे ।
No comments:
Post a Comment