Thursday, December 22, 2016

संविधान संसोधन प्रस्तावविरुद्ध विपक्षी दलले दिएको अभिव्यक्तिप्रति मोर्चाको आपत्ति

काठमाडौं, पुस ७ 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्षी दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।  मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्ने एमालेसहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बिहीबार बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्ष दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष निकालेको हो। बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकार लागि नपरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ।
बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कमजोर हुने भन्दै आपत्ति जनाए। उनले मधेसी, आदिवासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने जिकिर पनि गरे।
अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संसोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुखद भएको टिप्पणी गरे। उनले प्रतिपक्षीले बिरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क पनि गरे।

बैठकमा मोर्चा आवद्ध अन्य दलले प्रतिनिधि मात्र पठाएका थिए। सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मुलुकलाई टुक्रयाउने सम्मको चेतावनी विपक्ष एमालेसहितका दलहरुले दिएपछि त्यसप्रति मोर्चाले आपत्ति जनाएको हो।

सामुहिक राजीनामा दिएकालाई ४८ घन्टाभित्र काममा फर्कन सूचना

काठमाडौं, पुस ७

मन्त्रिपरिषद् बैठकले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहिबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले यसअघि गरेको निर्णय अनुसार प्राविधिकलाई भत्ता दिने निर्णय गरेको हो।
शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्राविधिकहरूलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय भएको बताए। ‘करारमा नियुक्त भएकाले यसरी आन्दोलन गर्नु र राजीनामा दिनु अनुशासनहिनता हो उनीहरुलाई कारबाही गर्नुपर्छ भन्ने धेरैको कुरा थियो’, केसीले भने, ‘तर नयाँ नियुक्ति गर्न समय लाग्ने, उनीहरुलाई तालिम दिनुपर्ने भएकाले झन् पुनर्निर्माणको काम ढिला हुन्छ भनेर उनीहरुको राजीनामा स्वीकृत नगरी भत्ता दिने निर्णय भएको हो।’ 

उनले मन्त्रालयले आजै ४८ घन्टाको समय दिएर इन्जिनियरलाई काममा फर्कन निर्देशन दिने बताए। ‘११ जिल्लामा काठमाडौंबाट ४८ घन्टामा पुगिन्छ, सूचना जारी भएको ४८ घन्टासम्म पनि कार्यस्थलमा नपुग्नेलाई भने जागिरबाट निकालिन्छ,’ केसीले भने।
उपत्यका बाहिरका ११ जिल्लामा खटेका करिब ११ सय इन्जिनियरले भत्ता वृद्धि लगायतका माग राखेर आन्दोलन गरेका थिए। आन्दोलनबाट आफ्ना माग सुनुवाइ नभएपछि उनीहरुले मंगलबार सामुहिक राजीनामा दिएका थिए।
मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको र आफूहरुलाई लिखित प्रतिवद्धता आए राजीनामा फिर्ता लिएर काममा फर्कने इन्जिनियरहरुले बताएको छन्। दोलखामा खटिएका इन्जिनियर सन्तोष क्षेत्रीले मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले लिखित प्रतिवद्धता जनाए काममा फर्कने बताए। ‘यसअघि पनि प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिले गरेको निर्णय कार्यान्वयन भएन, मन्त्रिपरिषद् गरेको निर्णय कार्यान्वयन हुन्छ भन्ने आशा छ’, क्षेत्रीले भने, ‘प्राधिकरणले लिखित प्रतिवद्धता गरे हामी भोलिदेखि नै काममा फर्कन्छौं।’
सरकारले पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न छ महिना अघि भूकम्प अतिप्रभावित ११ जिल्लामा १३ सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर खटाएको थियो।
दुर्गममा काम गर्दा प्रोत्साहन भत्ता नभएको, काम गर्ने कार्यालय नभएको, सुरक्षा नभएको, बीमा नभएको र स्पष्ट कार्यादेश नभएको भन्दै प्राविधिकहरुले गत असोजमा पनि आन्दोलन गरेका थिए। 
सरकारले एक महिनाभित्र माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु काममा फर्केका थिए।
तोकिएको महिना दिनमा आफ्ना माग पुरा नभएको भन्दै गत मंसिर २२ गतेदेखि पुनर्निर्माणको काम ठप्प पारेका उनीहरुले मंगलबार सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुखसमक्ष सामुहिक राजीनामा बुझाएका थिए।
प्राधिकरणले बुधबार प्राविधिकका माग पुरा गर्ने प्रक्रियामा रहेको भन्दै पुनर्निर्माणको काममा अवरोध गरे उनीहरुलाई कारबाही गर्ने चेतावनी दिएको थियो।

मन्त्रिपरिषदद्वारा भारतीय कम्पनीसँगको फास्ट ट्याक सम्झौता रद्ध

काठमाडौं, पुस ७ 

काठमाडौं-तराई फास्ट ट्र्याक निर्माण सरकार आफैंले गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माणको जिम्मा दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।
फास्ट ट्र्याक आफै निर्माण गर्न बिहीबारको मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समितिले आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझाव दिनेछ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

लोकमानविरूद्धको सुनुवाई सुरू, एक साताभित्रै निर्णय आउन सक्ने

काठमाडौं, पुस ७ 

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा केहीबेर अघि सुनुवाई सुरू भएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वर प्रसाद खतिवडा, अनिलकुमार सिन्हाको पूर्ण इजलासले सुनुवाई सुरू गरेको हो
यसअघि मंसिर १६ गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो । यसपालीको इजलासमा पौडेलको ठाउँमा न्यायाधीश सिंन्हा परेका छन्।
अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतले सुरूमा अर्यालको रीट खारेज गरेको थियो। पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले सो मुद्दा पुनः ब्युताएर सुनुवाई हुने निर्णय दिएको थियो।
पछिल्लो पटक मंसिर १६ को सुनुवाई कार्की पक्षका वकिल बालकृष्ण न्यौपाने उपस्थित हुन नसकेको भन्दै स्थगितका लागि निवेदन दिएका थिए। न्यायाधीशहरूले  फेरि यो मुद्दामा सुनुवाई स्थगित हुन नसक्ने भन्दै एक पटकलाई कार्की पक्षको निवेदन स्वीकार गरेको थियो।
न्यायाधीशहरूले दुबै पक्षबाट बहसका लागि धेरै वकिलहरूले नाम लेखाएकाले समय व्यवस्थापन गर्न पनि दुबै पक्षलाई भनेका थिए। आज सुरू भएको सुनुवाई केही दिनमै सकिने अनुमान गरिएको छ।
कार्कीको नियुक्ति संवैधानिक थियो वा थिएन भन्ने निर्णय सर्वोच्चले एक साताभित्रै सुनाउने सम्भावना छ।
लोकमानविरूद्ध संसदमा एक चौथाइभन्दा बढी सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरिसकेका छन्। प्रस्ताव दर्ता लगत्तै संवैधानिक प्रावधानअनुसार कार्की अहिले निलम्बित अवस्थामा छन्।

यस्ता छन् बिहिबारका मन्त्रिपरिषदका निर्णयहरू

काठमाडौं, पुस ७ 

सरकारले काठमाडौं–तराई मधेस दु्रत मार्ग निर्माणको पूर्वाधार अध्ययनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
सो मार्ग नेपाल सरकार आफैंले बनाउने यसअघि घोषणा भएकामा आजको मन्त्रिपरिषद्को बैठकले भारतीय कम्पनीले यसअघि बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई उपयोग गर्न सकिने/नसकिने, वित्तीय स्रोत व्यवस्थापन कसरी खोजी गर्ने भन्नेबारेमा एक महिनाभित्र सो कार्यदलबाट सुझाव लिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले द्रुत मार्ग बनाउन आम नागरिकसँग आह्वान गरी रकम सङ्कलन वा सरकारका कुनै संस्थाका रकम खर्च गर्ने भन्नेबारेमा कार्यदलले सुझाव दिने जानकारी दिए।
प्रदेश निजामती सेवा विधेयक ल्याइने
बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । ‘प्रदेशमा कर्मचारीतन्त्र कस्तो हुन्छ भन्ने सम्बन्धमा यो विधेयक महत्वपूर्ण सावित हुनेछ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने।
संविधान प्रदत्त बाटोबाट निकास
बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल भएको बताउँदै मन्त्री कार्कीले संविधान संशोधन विधेयक के हुन्छ भन्ने प्रश्नमा ‘सरकार संविधान प्रदत्त बाटोबाट अघि बढ्न चाहने’ जनाए।
इञ्जिनियरसँग वार्ता हुने
भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे सरकारले वार्ता गरेर समस्या समाधान गर्ने उनले जानकारी दिए।
खेलाडीलाई पुरस्कार
बैठकले राष्ट्रिय फुटबल टिमलाई कुल रु ७५ लाखबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
शुक्लाफाँट निकुञ्जमा रुपान्तरण
शुक्लाफाँट वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसैगरी शान्ति कोष स्थापना र कृत्रिम अङ्ग प्रदानसम्बन्धी व्यवस्थापनका लागि एक अलग्गै स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।
नियुक्ति
यस्तै नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा रोबसकुसुम सुवेदी र काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरिएको छ ।

Wednesday, December 21, 2016

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

म्याग्दी, पुस ७ 

म्याग्दीको बिममा बिहीबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिमको डाँडागाउँबाट दरवाङ जाँदै गरेको लु३त ४३४० नं को ट्र्याक्टर बिम–१ बिवत भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
अनियन्त्रित भएर सडकमा पल्टिँदा चालक ताकम–८ का २४ वर्षीय राम श्रीपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ट्र्याक्टरको इन्जिनको भागले च्यापिएर ज्यान गुमाएका श्रीपालीको शव निकालेर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाएको छ । रासस

निर्वाचनबारे प्रस्तावित विधेयकमा सुझावका लागि उपसमिति गठन

काठमाडौँ, पुस ७ 

निर्वाचनसँग सम्बन्धित तीनवटा प्रस्तावित विधेयकलाई विस्तृत अध्ययन गरी सुझाव दिन व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले उपसमिति गठन गरेको छ ।
समितिको आज बसेको बैठकले ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । सो उपसमितिमा नेपाली काँग्रेसका तर्फबाट आनन्द ढुङ्गाना, ईश्वरी न्यौपाने र रामकृष्ण यादव, नेकपा (एमाले)का तर्फबाट गङ्गालाल तुलाधर, मानप्रसाद खत्री र रामेश्वर फुयाँल रहेका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट रेखा शर्मा, सन्तुकुमार दराई, तराई मधेस केन्द्रित दलका तर्फबाट धर्मेन्द्र साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विक्रमबहादुर थापा र साना दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सो उपसमितिमा रहेका छन्।
राज्यव्यवस्था समितिमा हाल निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३, राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ विचाराधीन अवस्थामा रहेका छन् ।
ती विधेयकबारे विस्तृत अध्ययन गरी १५ दिनभित्र समितिसमक्ष सुझाव प्रस्तुत गर्न उपसमितिलाई समयावधि तोकिएको छ ।
यसैगरी समितिको वार्षिक प्रतिवेदन तयार गर्न गठित उपसमिति, सामाजिक सुधार व्यवहार ऐन, २०७३ अध्ययन उपसमिति, टीकापुर घटना अध्ययन उपसमिति र सशस्त्रवल प्रहरी नियमावली अध्ययन उपसमितिको समयावधिसमेत १५ दिनका लागि थप गरेको छ । रासस

राष्ट्रिय फुटबल टिमलाई ७५ लाखसहित सम्मान गर्ने मन्त्रिपरिषदको निर्णय


पुस ७ 

सरकारले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता टोलीलाई ७५ लाख नगदसहित सम्मान गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय फुटबल टिमलाई उक्त रकमसहित सम्मान गर्ने निर्णय गरेको हो।
मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १-० गोलले हराउँदै उपाधि हात पारेको हो। पहिलो पटक आयोजित उक्त प्रतियोगिताको उपाधि जितेर नेपालले इतिहाससमेत बनायो। एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिताको उपाधि नेपालले जितेको यो पहिलो पटक हो।

सांसद ओलीको विकास कार्यक्रम सार्वजनिक

पोखरा, पुस ७ 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला क्षेत्र नं ४ का सांसद सीता गिरी ओलीले आव २०७३÷७४ मा सो क्षेत्रको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँका पूर्वाधार विकास कार्यक्रम सार्वजनिक गरेकी छन्।
नेकपा एमाले क्षेत्र नं ४ क्षेत्रीय कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद ओलीले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका २५ योजनामा तीन करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमका २२ योजनामा ५० लाख विनियोजन गरेको जानकारी गराइन्।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सबैभन्दा बढी ४० लाख र सबैभन्दा कम १० लाख तथा निर्वाचन क्षेत्र विकास कार्यक्रममा सबैभन्दा बढी १० लाख र सबैभन्दा कम एक लाखसम्मका योजना रहेको बताइएको छ।
जसअन्तर्गत वीरेठाँटी दाङसिङ मोहोरिया सिउइ हुँदै घान्द्रुक गाविस कार्यालय जोड्ने ग्रामीण सडकका लागि ४० लाख, गौरीशङ्कर क्याम्पस भवन निर्माण र फर्निचर खरिद गर्न २५ लाख, जरेवर हुँदै भदौरे पञ्चासे पर्यटकीय मार्गका लागि ११ लाख र बाँकी सबै योजनाका लागि १० लाख छुट्टाइएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रममा दिगो महिला विकास बचत तथा ऋण सहकारी ढिकुरपोखरीको भवन बनाउन १० लाख, पोखरा–२ को अनन्त सामुदायिक भवन निर्माणमा पाँच लाख, फेदी हेम्जाकोट धिताल गौरीगाउँ ग्रामीण सडकका लागि तीन लाखलगायतका योजना छन् ।
पत्रकार भेटघाट कार्यक्रममा सांसद ओलीले अघिल्लो वर्षमा सञ्चालन भएका विकास योजनामा ९७ प्रतिशत बजेट खर्च भएको बताउँदै यस वर्ष प्रस्तुत गरिएका कार्यक्रम चैत मसान्तसम्म सम्पन्न गर्न सबै उपभोक्ता समितिसँग आग्रह गरिन्। रासस

सरकारले गर्‍यो ४ सचिवको सरूवा, कसको कहाँ

 
सरकारले ४ सचिवको सरूवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरूवा गरेको हो।

रक्त क्यान्सर पीडित सीतालाई सहयोग

म्याग्दी, पुस ७ 

म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारका लागि सहयोग जुटाउन सुरु गरिएको छ ।
टिचिङ अस्पताल काठमाडौंमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि आवश्यक सहयोग रकम जुटाउन अभियान सुरु गरिएको हो । बेनीमा भएको एक भेलाले पीडित क्षेत्रीको उपचारमा आर्थिक सहयोग जुटाउन सीता कटुवाल क्षेत्री बचाउ अभियान सुरु गरिएको छ । भेलाले नन्दबहादुर खत्री संयोजक, बालकृष्ण सुवेदी, भबबहादुर भण्डारी, शिवप्रसाद कटुवाल, राजेन्द्रकुमार श्रेष्ठ, हरि भण्डारी र कमल खत्री सदस्य रहेको सीता बचाउ अभियान समिति गठन गरेको छ ।
समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।
“क्षेत्रीको उपचारमा झन्डै ७० लाखभन्दा बढी लाग्ने अस्पतालबाट खबर भएको छ, उक्त रकम जुटाउन सबै क्षेत्रबाट सक्दो सहयोगको खाँचो छ, उहाँको जीवनरक्षाका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छौँ”, संयोजक खत्रीले भने।
यसैबीच, क्षेत्रीको उपचारार्थ बेनीमा भएको भेलाबाट पहिलो दिन नै दुई लाख ४४ हजार पाँचसय रुपैयाँ आर्थिक सङ्कलन भएको छ । क्षेत्रीको उपचारका लागि प्राप्त सहयोग रकमलाई निजको उपचारमा मात्रै खर्च गरिने र उपचारमा आवश्यक पर्नेभन्दा बढी रकम सङ्कलन हुन आएमा उक्त रकमलाई अन्य स्वास्थ्य उपचारकै सामाजिक क्षेत्रमा परिचालन गरिने समितिले जनाएको छ । रासस

Tuesday, December 20, 2016

गहुँको जमराको जुस पिउनुका ५ फाइदा

६ पुस, काठमाडौ । फाइबरयुक्त गुणका कारण पछिल्लो समय गहुँलाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप-२ मधुमेहको जोखिम कम गर्छ ।
चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।
गहुँको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ ।
उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रिएर बस्ने हुँदा यो तुरुन्तै रक्तकोषिकाहरुमा घुल्दछ । यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टीक्यान्सर तथा एन्टी इन्फ्लामेन्टरी गुण रहेको हुन्छ ।
चिकित्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् । तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ ।
कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ ।
तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।
गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न आयुर्वेदिक औषधालय एवं प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र विक्री गर्ने गरिएको पाइन्छ ।
यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः
१. प्राकृतिक रुपमा उर्जा दिन्छ
स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।
तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन ।
कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।
२. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ
शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ ।
त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।
त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ ।
त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ ।
सन् २०१३ मा ‘जर्नल अफ बायोलोजिकल केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।
३. मोटोपना हटाउँछ
मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।
गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।
यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रकृया) बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ ।
बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।
४. रगतमा चिनीको मात्रा कायम राख्छ
प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।
यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्‍याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ ।
५. मुटुमा लाभदायक
प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।
यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ ।

असन्तुष्टको माग सम्बोधन गर्न स्थानीय निर्वाचनः कानूनमन्त्री नायक

पुस, भक्तपुर । कानूनमन्त्री अजय शंकर नायकले एमाले र मधेसी दलहरुको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय तहको निर्वाचन भएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै कानूनमन्त्री नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सर्वपक्षीय सहमतिको मिलनबिन्दू स्थानीय तहको निर्वाचन भएकाले मधेसी मोर्चा र एमालेले आ-आफ्नो हठ् त्याग्दै निर्वाचन मिति घोषणामा सहयोग गर्नुपर्ने बताए ।
‘सबैले स्थानीय तहको निर्वाचनको बिषय उठाइरहेका छन् तर समितिमा होस् वा संसदमा निर्वाचन बिधयेक रोकिएको अवस्था छ भने प्रतिपक्षले बोलीमा एक र ब्यवहारमा भिन्न रुप देखाइरहेका छन् ।’ मन्त्री नायकले भने, ‘निर्वाचन बिधयेक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नेतर्फ अगाडि नबढे देशले ठूलो क्षति व्यहोर्नुपर्छ ।’
संविधान संशोधन लगायत सबै बिषयमा प्रमुख दलहरुले सहमतिको सरकार निर्माण गरी राजनीतिक गतिरोधलाई निकास दिनुपर्ने मन्त्री नायकले बताए ।
मन्त्री नायकले वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका खेल्दै मुलुकको राजनीतिक गतिरोध अन्त्यको लागि पहल गर्नुपर्ने बताए ।
मन्त्री नायकले भने, ‘प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ, यो समय सान्दर्भिक छैन । बिदेशीको पैसाले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरा गर्नु असुहाउँदो भएन र ?’
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सरकारले नबुझेको आरोपको खण्डन गर्दै कानूनमन्त्री नायकले आयोगको रिपोर्ट बुझ्ने र आयोगलाई थप सुझाव दिने काम छिट्टै हुने बताए ।

रुकुमबाट चरेससहित चार जना पक्राउ

६ पुस, रुकुम । रुकुम सदरमुकाम मुसिकोटबाट प्रहरीले चार जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

नगरपालिका-१ स्थित हिमालय होटेलबाट चार जना चरेससहित बुधबार पक्राउ परेका हुन् ।
होटलबाट हुकाम-४ बस्ने ४२ वर्षीया कमला घर्ती, रनमामईकोट-३ बस्ने ३२ वर्षीया खालमायाँ पुन सहित ४ जनालाई लागू औषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
उनीहरुको साथबाट १ किलो चरेस बरामद समेत भएको छ ।

सरकारमा जान रुची छैन, चुनाव घोषणा गरे साथ दिन्छौंः ओली

६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयकलाई कुनै हालतमा छलफलमा लैजान नदिने बताएका छन् । सरकारले चुनाव घोषणा गरे साथ दिने उनले बताए ।
बुधबार आफ्नै निवास बालकोटमा पूर्व सांसद मञ्च नेपालका प्रतिनिधीहरुसँगको भेटघाटमा एमाले अध्यक्ष ओलीले सरकार चुनाव नगराउने नियतबाट अघि बढेको आरोप लगाए । ‘वर्तमान सरकारको काम निर्वाचन गरेर संक्रमणकाल टुंग्याउने हो’ ओलीले भने, ‘यो सरकार पराइको चाहनामा आफ्नो अधिकार र कर्तवय दुवै भुलिरहेको छ ।’
भेटमा पूर्व सांसदहरुले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर देशका समस्या समाधान गर्न सुझाव दिएका छन् ।
जवाफमा ओलीले आफूले विगतदेखि नै त्यो प्रयास गरेपनि कांग्रेसले दुई ठुला दल मिलेर अघि बढ्नु नुहुने नीति बनाएका कारण सम्भव नभएको बताए । ‘अहिले सरकार उहाँहरुले नै चलाए भयो’ ओलीले भने, ‘अहिले हामीलाई सरकारमा जान रुची छैन । सरकारमा भाग पनि चाहिएन । निर्वाचन घोषणा गर साथ हामी दिन्छौं भनेका छौं ।’
पूर्वसांसद मञ्चका अधयक्ष ओमकार प्रसाद श्रेष्ठले ओलीलाई अडानबाट पछि नहटी संविधान संसोधनलाई विफल बनाउन आग्रह गरे ।

अरुण काबेलीको आईपीओः कसलाई कति पर्‍यो ? (सूचीसहित)

६ पुस, काठमाडौं । अरुण काबेली पावर लिमिटेडले मंगलवार सेयर बाँडफाँट भएको छ । कम्पनीले तीन सय ५० कित्तासम्म हाल्नेलाई गोलाप्रथाबाट छनौट गरेको थियो भने त्यसभन्दा माथी ५० हजारसम्मका लागि २.६७ प्रतिशतको दरमा र ५० हजारभन्दा माथी सबैलाई १.९७ प्रतिशतको दरमा समानुपातिक रुपमा सेयर वितरण गरिएको थियो । ३० लाख कित्ता (३० करोड रुपैयाँ)को...

धुर्मुस सुन्तलीको तेस्रो योजनाः गिरानचौरमा बचेको १ करोडले बर्दिबासमा मुसहर वस्ती












६ पुस, काठमाडौं । सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर साथ दिन सम्पूर्ण सहयोगी मनसँग अपील गरेका छन् ।
भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण सम्पन्न गरिसकेको धुर्मुस-सुन्तली फाउण्डेशनले बर्दिबास-२, महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरेको हो ।
गत वर्ष सरसफाइका क्रममा धुर्मुस-सुन्तली उक्त मुसहर बस्तीमा पुगेका थिए । चरम गरिबीको चपेटामा रहेका मुसहरहरु दाउरा बेचेर जिविकोपार्जन गर्दै आएका तराईको पिछडिएको जातिमा पर्छन् ।
शीतलहरबाट पिल्सिएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष त्यहाँ न्यानो वितरणसमेत गरेका थिए । भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् ।
गास, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफूहरु पुगेपछि अहिले निकै परिर्वतन देखापरिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताए ।
उनले भने- ‘स्वास्थ्य, शिक्षा, सरसफाइमा निकै पछि रहेको मुसहर बस्तीलाई बालमैत्री, शिक्षित र सरसफाइयुक्त बनाउन सक्नु ठूलो परिर्वतन हो, त्यो उपलब्धि हासिल गर्नका लागि पहिलेजस्तै सबैको सहयोगको आवश्यकता छ ।’
‘नजिकै विद्यालय भए पनि विद्यालय नजाने बालबालिका हामीले आग्रह गरेपछि विद्यालय जान थालेका छन्,’ उनले भने, ‘सरसफाइमा ध्यान पुर्‍याउन थालेका छन्, त्यसैले पनि त्यो बस्तीलाई सुन्दर बनाउने सपना देखेका हौं ।’
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्ती निर्माणमा अपुग रकम सहयोग गरिदिन सम्पूर्ण सहयोगी मनसमक्ष उनले आग्रह गरेकी छिन् ।
‘दुईवटा बस्ती निर्माण सम्पन्न गरिसकेपछि अझै बढी जिम्मेवारी बढेको महसुस गर्दै चैत अन्तिमसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नयाँ परियोजनाको घोषणा गरेका हौँ,’ उनले भनिन् ।
सीताराम भन्छन्- जुनसुकै समुदायलाई पनि माथि उठाउन सकिन्छ
हामीले मानवता र सद्भावका लागि बर्दिबासमा एकीकृत मुसहर नमूना बस्ती बनाउन लागेका हौं । हिमाल र तराई जोड्ने अभियान पनि हो । मलाई लाग्छ, यस्ता गतिविधिले तराई र पहाडी समुदायवीच देखिएको मनमुटाव पनि कम भएर जान्छ ।
गएको वर्ष पुस ९ देखि १७ गतेसम्म हामीले पूर्व-पश्चिमा राजमार्ग सरसफाई अभियान सुरु गरेका थियौं । एक हप्ताको अवधिमा हामीले ५१७ किलोमिटर सडक सफा गर्‍यौं ।
त्यही क्रममा बर्दिबासमा एउटा अन्तरसंवाद गर्‍यौं । त्यसपछि थाहा भयो यो मुसहर बस्तीका बारेमा । बस्तीमा पुगेपछि अनुभव भयो कि तराईमै भएर पनि यो भन्दा दुर्गम ठाउँ अन्त कतै छैन ।
घरका नाममा सानो झुप्रो । ओढ्ने ओछ्याउने केही छैनन् । खाने कुराको अभाव उस्तै । यो दृश्य देख्दा आँखाबाट आँशु आयो ।
घर नजिकै स्कुल छ । तर, ५० घर परिवारवाट जम्मा एकजना भाइ मन्जे सदामात्रै स्कुल जाँदा रहेछन् ।
दाउरा बेचेर जिबीकोपार्जन गर्ने मुसहर बस्तीको कहर शब्दमा वयान गरीसाध्यै छैन । मैले सोचें, सम्झायो भने केही हुन सक्छ । हामीले सरसफाइका बारेका केही सिकायौं र फर्कियौं ।
हामी पहिलोपटक पुग्दा हामी कलाकार हौं भन्ने पनि जानकारी थिएन उनीहरुलाई । हामी फर्किएपछि कसैले कलाकार हुन् भन्दिएछन् । त्यसपछि त हामीले जे-जे सिकाएका थियौं, त्यही त्यही गरेछन् । एक हप्तापछि जाँदा त सुँगुरको खोर पनि चिटिक्क पारेका रहेछन्, लिपपोत गरेर ।
त्यसपछि लाग्यो, उचित परामर्श दियो भने जुनसुकै समुदायलाई पनि माथि उठाउन सकिन्छ ।
हिजोदेखि यहाँ घरको डिजाइन समेत पास भयो । अब १५ पुसदेखि घर निर्माण प्रकृया सुरु हुन्छ । हामी यो मुसहर वस्तीलाई गिराञ्चौर भन्दा राम्रो बनाउने प्रयास गर्ने छौं ।

Wednesday, December 7, 2016

देशको माया

देश नै नभए नेताको के काम
देशलाई  माया गर्ने जनता नै नभए जनताको के काम
नेता त आफू बदनाम छन देशको राजनीतिलाई बदनाम गर्छन
देशलाई माया गर्ने नेता र जनताको आवश्यकता छ रास्ट्रवादीको के काम
जय नेपाल ! जय जनता !!

हाम्रो परिपाटी

यहाँ जनताको होइन नेताको सुनिन्छ 
यहाँ देश होइन जनतालाई चलाइन्छ
यहाँ जनता नभए पनि नेताले देश बनाउछ
देश बनाउने नाममा जनतालाई हटाइन्छ
जनता नभए पनि देश विश्व चिनिने बनाइन्छ
यहाँ जनता होइन जनताले जनतालाई भोट हाली देश चलाइने नेता बनाइन्छ ।
देशमा नेताले बहुमत नल्याए छिन छिनमा सरकार
फेरिने देश बनाइन्छ
जनताले बिकास नपाए नेतालाई दोस लगाइन्छ ।
नेता नै भ्रष्टाचारि भए देशमा बहुमत भएको सरकार कहाँ पाइन्छ
यस्तो छ हाम्रो परिपाटी के भन्न सकिन्छ
जय नेपाल ! जय जनता !!

Monday, December 5, 2016

म मधेसको छोरो नेपाली

म मधेसको छोरो नेपाली जन्मे छु मधेसमा रास्ट्रबादिहरु भन्दै छ्न मधेसीहरुलाई धोती ।
भन्दै छन् रास्ट्रबादिहरु मधेसीहरुलाई रास्ट्रको लागि के नै गरेका छौं ।
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र।
रास्ट्रका लागी केही गर्नेहरु वीर र सहिद बनेर गए।
रास्ट्रलाई आफ्नो सम्झिनेहरु धनी बनेर गए ।
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र।
आज भन्दै छन् सबै जनताहरु म मधेसी , म आदिवासी ,म पहाडी ,म हिमाली । के पहिला होइनौं हामी नेपाली ?
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र।
हामी आफ्नो कर्तव्य नबिर्सौ पहिला बनाउ नेपाल र नेपाली ।
रास्ट्रलाई टुक्रियाउने नेताहरू माथि नगरौं विश्वास ।
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र।
रास्ट्रबाद्को कुरा गर्नेहरू लागेका छन् रास्ट्रलाई टुक्रियाउन।
जनताहरु बिनाको रास्ट्रको के महत्त्व ? रास्ट्रबाद्को कुरा गर्नेहरू लागेका छन् जनताहरुलाई टुक्रियाउन।
जानतालाई गोलि हानी हानी रास्ट्रबादिहरु बनाउ छन् रास्ट्रलाई ।
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र।
रास्ट्रबादिहरु भन्छन् लोकतन्त्रमा र गणतन्त्रमा सबैले आफ्ना कुराहरू राख्न पाउछन् ।
रास्ट्रबादिहरु नै धेरै भए कुराहरू राख्नु को के महत्त्व ?
लोकतन्त्र र गणतन्त्रलाई उलंघन गर्ने रास्ट्रबादिहरु कुराहरू राख्न पाउने ।
धेरै नै रास्ट्रबादिहरु भए लोकतन्त्र र गणतन्त्रको के नै आवश्यकता ।
म मधेसको छोरो नेपाली आज भन्दै छु कस्ले नै रास्ट्रको लागि के नै गरेका छन् र ।
लेखक
नेपाली जन नेतृत्व दल(Nepali Folks Leadership Party) 

जय नेपाल ! जय जनता !!
जय नेपाल ! जय ज
जय नेपाल ! जय जनता !!नता !!जय नेपाल ! जय जनता !!
जय नेपाल ! जय जनता !!

देशको माया कसले बुझ्लान













देशलाई मधेसी र पहाडी होइन देश बासी चाहिन्छ
नेपाललाई बिभाजन गर्ने होइन नेपाललाई माया गर्ने नेपाली चाहिन्छ
काङ्ग्रेस ,मधेसी फोरम, एमाले, माउवादी होइन 
नेपाली जन नेतृत्व दल चाहिन्छ
देश टुक्रियाउने होइन देश बनाउनेको कमि चाहिन्छ
मधेसी र पहाडीको कमि छैन नेपालीको कमि छ
राजनीतिज दल र गर्नेको कमि छैन राजनीतिलाई माया गर्नेको कमि छ
जय नेपाल ! जय जनता !!