सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी देशभरबाट २५० जना पार्षद् र करिब २५० जना नै अतिथि तथा पर्यवेक्षक बैठकमा सहभागी हुने जनाएको छ ।
सङ्घका महासचिव यादवप्रसाद पनेरुले समितिको मध्यवर्ती समीक्षा, बाँकी अवधिका लागि रणनीतिक कार्ययोजना र विधान संशोधन विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
समसामयिक अवस्थामा कम्पनीका ग्राहकलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउँदै कम्पनीलाई दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक बजारमा अब्बल सावित गर्न संस्थाले तय गर्नुपर्ने व्यावसायिक कार्ययोजना र रणनीति सम्बन्धमा गहन छलफल गरी कम्पनीलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment