बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले टण्डनले आफ्नो चौथो प्रकाशनका रुपमा सो पुस्तक बजारमा ल्याउनुभएको हो ।
नेपाली बजारमा विभिन्न विधाका पुस्तक प्रशस्त रहे पनि अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पुस्तक पाठकको माग र आवश्यकताअनुरुप पाउन कठिन रहेकाले सो पुस्तक प्रकाशन गरेको लेखक टण्डनको भनाइ छ ।
पुस्तकमा नेपालको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र, आधुनिक व्यवस्थापन, पूँजी बजारलगायत ऐन, नियम र संविधानका विषय वस्तु समेट्ने प्रयास गरिएको छ ।
राजनीतिमा सकारात्मक अवस्था देखिनुले पनि अर्थतन्त्रमा मुद्रास्फीति न्यून र आर्थिक वृद्धि बढ्न गएको विषय वस्तुसमेत पुस्तकमा समावेश गर्न खोजिएको छ ।
लेखक टण्डनका अनुसार बैंकिङ र गैरबैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र मानिसका लागि सो क्षेत्रलाई शिक्षा र जानकारी गराउन पुस्तक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ ।
लेखक टण्डन कृषि विकास बंैक मुख्य कार्यालय काठमाडाँैमा शाखा प्रमुख पदमा कार्यरत हुनुहुन्छ । यसअगावै टण्डनले नेपालबाहेक जर्मनीबाट समेत यस्ता पुस्तक प्रकाशन गरिसक्नुभएको छ । रासस
No comments:
Post a Comment