Monday, November 7, 2016

उर्लाबारीमा डेंग्यूका तीन जना बिरामी फेला

Image result for medical image of dengue diseaseउर्लाबारीमा तीन जना डेंग्यू फिभरका बिरामीहरु भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले ‘सर्च एण्ड डिस्ट्रोए’अभियानलाई तिव्रता दिने भएको छ । डेङ्ग्यूको रोगबाट  ग्रसित उर्लाबारी–४ की लक्ष्मी साहको स्वास्थ्य स्थिति बुभ्न उर्लाबारीका आएका जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहेताले भने–‘डेङ्ग्यू लामखुट्टे बस्ने स्थानको पहिचान गरी सर्ज एण्ड डिस्ट्रोए अभियानलाई तीव्रता दिइनेछ । ’
उर्लाबारी–१की रामकुमारी राई, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहलाई डेङ्ग्यू फिभर भएको जनस्वास्थ्य कार्यालय मोरंङले जनाएपनि उसले आधिकारिक रुपमा एक जनालाई मात्र डेङ्ग्यू फिभर देखिएको जनाएको छ । रोग लागेका भनिएका रामकुमारी राई र सरिता थापाको क्रमशःविपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र लाइफ लाइन अस्पताल दमककमा उपचारार्थ छन् ।
उर्लाबारी क्षेत्रमा रोगको फैलिन सक्ने जनाउँदै जिल्ला जनस्वास्थ्य कार्यालय मोरंङले जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ । डेङ्ग्यू बस्ने स्थानहरुको खोजी गरी तिनलाई नष्ट गर्नसमेत जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सबैलाई आह्वान गरेको छ ।
यसैबीच मंगलबारे अस्पतालमा डेङ्ग्यू रोगका तीन जना शंकास्पद बिरामीहरु फेला परेको जनाएको छ । अस्पतालका निमित्त प्रमुख डा. राज झाका अनुसार डेङ्ग्यू रोग शंकास्पद तीन जना बिरामीहरु फेला परेको जनाउँदै उनले भने–‘बिरामीहरुको प्लेटिलेट्स एक लाखभन्दा कमी देखिएकाले उनीहरुलाई निगरानीमा राखेका छौं । ’
रोग परीक्षणका लागि आवश्यक पर्ने किटको अभाव मंगलबारे अस्पतालमा देखिएको छ । रोग परीक्षणका लागि आवश्यक पर्ने किट मंगलबारे अस्पतालमा ७ वटामात्र छ । रोगका लक्षण देखा पर्ने बिरामीहरुको चाप बढ्न थालेपछि किटनको अभाव भएको अस्पतालका स्वास्थ्यकर्मी योगेन्द्र कट्टेलले बताए ।

No comments:

Post a Comment